रामबहादुर गन्धर्व

कपिलबस्तु, १८ असाेज  ।

नेकपा एमालेकाे जनवर्गीय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज बाणगंगा नगरपालिका वडा न. ७ वडा कमिटीको बैठक बिहिवार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष कमला बि.क. काे अध्यक्षतामा बसेकाे बैठकले जनतासँग जनप्रतिनिधि कार्यक्रम , मुक्ति समाजकाे मासिक बैठक ,सदस्यता वितरण जस्ता अति महत्त्वपूर्ण निर्णयहरू लिएकाे छ ।

बैठकलाई सम्बाेधन गर्दै बाेल्ने बक्ताहरूले मुक्ति समाज- पार्टी नङ र मासुको सम्बन्ध रहेको बताउदै पार्टीले दलितहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यनउनु पर्ने , दलित समुदायको पक्षमा काम गर्न आवश्यक रहेको बताए । त्यस्तै : वडा न.७का वडा अध्यक्ष बिष्णु गिरीले जातीय उत्थानका लागि सम्पूर्ण दलित समुदाय संगठित भएर लाग्नु पर्नेमा जाेड दिए ।

नगर ,जिल्ला ,प्रदेश कमिटीका पदाधिकारी ,पार्टीका वडा कमिटी पदाधिकारी स्थानीय जनप्रतिनिधि लगनएतकाे बिशेष उपस्थिति रहेको बैठक मुक्ति समाजका केन्द्रीय सदस्य टीकाराम सुनारको प्रमुख आतिथ्यता र प्रमिला सुनारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।