भूकम्पबाट ७ वटा विद्यालय भवनमा क्षति
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बझाङलाई केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ७ वटा विद्यालय भवनमा क्षति पुगेको जनाएको छ।
बिहीबार प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १२ औं बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार भूकम्पका कारण जयपृथ्वी नगरपालिकाकी ४० बर्षीया गुणमती धामीको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। भूकम्पबाट ३७८ निजी आवास र ७ वटा विद्यालय भवनमा क्षति पुगेको छ।
यसैगरी २५ वटा सरकारी कार्यालय भवन, एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























