चाडपर्वको मौसममा भायानेटले ल्यायो छुटैछुटको अफर
काठमाडौं : नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ।
यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ।
भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पिडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो।
यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबिपिएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको जनाएको छ।
यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ।
वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५०% सम्म छुटका लागि योग्य हुनेछन्। त्यसैले यस अभियानको नाम “चाडमा चौका” राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहनेछन्।
चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दशैंको समयमा यी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















