कपिलवस्तु, १६ असाेज ।

कपिलवस्तु नेपाल उत्पीडित जातीय मुक्ति समाज लुुम्बिनी प्रदेश सदस्य रामबहादुर गन्धर्वले दलितहरूकाे अधिकार सुनिश्चित गर्नका लागि संगठनलाई सशक्त रूपले अगाडि बढाउनु पर्ने बताउदै उत्पीडित जातिय मुक्ति समाजलाई गाेलबद्व भएर लाग्नु पर्नेमा जाेड दिदै ,पैरवीका लागि सबैकाे एक्यवद्धता आवश्यक रहेको बताए ।

साेमबार पालिका स्तरिय बैठकलाई उदघाटन गर्दै उनलेे यस्तो बताएका हुन । यशाेधरा गाउँ कमिटी द्वारा आयोजना गरिएको बैठकले गाउँ पालिका स्तरिय भेला असाेज २२गते बाेलाउने निर्णय सहित सबै वडाले संगठन बिस्तार ,वडा भेला ,सदस्यता बितरण जस्ता अति महत्त्वपूर्ण निर्णय लिएको आयोजक्ले जनाएको छ।आयोजित बैठकमा बाेल्दै : मुक्ति समाज लुम्बिनी प्रदेश सदस्य सिमा परियार ,जिल्ला कमिटी कपिलवस्तुका सदस्य शम्भु बिश्वकर्माले दलित समाज एकजुट हुनुपर्ने आवश्यक रहेको बताउदै संगठनलाई मजबुत बनाउदै अगाडि बढन ,समाज परिवर्तनका लागि सबैले आ -आफ्ना ठाउँबाट आवज बुलन्द गर्नुपर्नेमा जाेड दिएका थिए ।

त्यस्तै :वडा न.१ का वडा अध्यक्ष अब्दुल कय्युम खाँनले दलितको मतबाट निर्वाचित भएकाे हुँदा जातीय सद्भाव कायम राख्दै आफुले सद‌ैब दलितहरूलाई सहयोग गरेको -गर्दै जाने प्रतिबद्धता जनाएका छन् । विभिन्न तहका पदाधिकारीहरूकाे सहभागीता रहेको बैठक गाउँ कमिटी अध्यक्ष दिपेन्द्र रैदासकाे अध्यक्षता , कन्हैया रैदासकाे स्वागत मन्त्ब्यमा सम्पन्न भएको थियो ।