सर्बोदय महिला बचत तथा ॠण सहकारीको १८ औ साधारण सभा सम्पन्न
दिपक खङ्का।
विक्रम संवत २०६१ सालमा स्थापना भइ निरन्तर साना साना समूहबाट सुरुवात गरेको सर्बोदय महिला बचत तथा ॠण सहकारी संस्थाले ६३५ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७९।०८० मा २ करोड ९८ लाख १२ हजार ८३ रुपैयाको आय-व्यय सार्वजनीक गरेको छ ।
सर्बोदय सहकारीले ग्रामीण क्षेत्रमा बैङ्क सेवा हुन नसकेको वर्तमान अवस्थामा सहकारीले आफ्नो शेयर सदस्यहरुलाई बचतको बानी विकास संगै आयआर्जनमा जोडदिएको कार्यक्रमका वक्ताहरुले जोडदिएका थिए ।
सर्बोदय महिला बचत तथा ॠण सहकारीले आफ्ना शेयर सदस्यहरुलाई विभिन्न किसिमको तालिम तथा सचेतना मुलक कार्यक्रम संचालन गरेको प्रगतिप्रतिवेदनमा उल्लेख गरेको छ । सहकारीले बहुक्षेत्रिय पोषण सुधार कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलाहरुलाई २५ हजारको दरले ६ लाख २५ हजार बाख्रा पालन वडा न १ का ४० जना महिलाहरुलाई अचार बनाउने तालिम एकल महिलाहरुका लागि क्षमता अभिवृद्धी तथा नेतृत्व विकास तालिम संचालन गरेको संस्थाले जनाएको छ ।
कार्यक्रम शिवराज नगरपालिका नगरप्रमुख अजय थापाको प्रमुख आतिथ्यता पूर्व नगर प्रमुख नेत्रराज अधिकारी उपमेयर शिवकुमारी थारु वडा न का वडा अध्यक्ष खिम बिक्रम के.सी वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे व्यापार संघका अध्यक्ष महादेव पोखरेल अरनिको बचत सहकारीका द्रोण प्रसाद अधिकारी सहज बचत सहकारीका सीता बुढाथोकी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता टिका बि क तथा संचालन शुशिला खनालको रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















