निजी विद्यालयका शिक्षकको स्मृतिमा प्याब्सन कपिलवस्तु द्वारा सामुदायिक विद्यालयका विद्यार्थी लाई शैक्षिक समाग्री वितरण
कमल बिष्ट
चन्द्रौटा, १५ असोज ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) कपिलवस्तुले २०७० असोज १५ गते सवारी दुर्घटनामा पनि निधन भएका शिक्षक तथा प्याब्सन कपिलवस्तुका तत्कालीन कोषाध्यक्ष स्व. तोयानाथ (विष्णु) ढकालको दशौ स्मृति दिवसको अवसरमा शिवराज नगरपालिका १ बनकसबासामा अवस्थित सामुदायिक विद्यालय श्री जागृति आधारभूत विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थी बालबालिका लाई शैक्षिक समाग्री हस्तान्तरण गरेको छ ।

ढकालको जन्म वाणगङ्गा नगरपालिका २ पिपरा निवासी खिमानन्द ढकाल र बेलकुमारी ढकालका सुपुत्रको रुपमा २०३५ साल असार १ गते साबिक मोतिपुर ७ मधुवनमा भएको थियो, उहाँको गोरुसिङ्गेमा आयोजित प्याब्सन कपिलवस्तुको बैठकमा सहभागी हुन जादैगर्दा चन्द्रौटा स्थित कटनीमा मोटरसाइकल दुर्घटनामापरी निधन भएको थियो, ढकाल शिवराज ५ चन्द्रौटा स्थित सनराइज बोर्डिङ स्कुलका संस्थापक तथा भ्वाइस प्रिन्सिपल, लुम्बिनी चिल्ड्रेन एकेडेमीका संस्थापक, श्री राष्ट्रिय उमाबिका शिक्षक र प्याब्सन कपिलवस्तुको कोषाध्यक्ष हुनुहुन्थ्यो ।

प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले कार्यक्रममा विद्यार्थी बालबालिका लाई पेन्सिल, कपि र व्याग सहितको शैक्षिक समाग्री वितरण गर्दै प्याब्सन निजी विद्यालयका विद्यार्थीको मात्र नभई सामुदायिक विद्यालयका विद्यार्थीहरू र समग्र जिल्लाको शैक्षिक क्षेत्र उकास्न सामाजिक उत्तरदायित्व बहन गर्न तत्पर रहेको र विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको जनाउदै कपिलवस्तुको दुर दराजमा रहेका विद्यालय र विद्यार्थीहरू भोली देशका कर्णधार भएर निस्कनुपर्ने बताउदै विद्यार्थीहरूको उज्ज्वल शैक्षिक जीवनको शुभकामना व्यक्त गर्नुभयो । पाण्डेले दिबङ्गत स्व. तोयानाथ (विष्णु) ढकाल र दिबङ्गत शिक्षक स्व. रुद्र पाण्डे लाई समेत स्मरण गर्दै दिबङ्गत प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समबेदना प्रकट गर्नुभयो । प्याब्सन कपिलवस्तुका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक तोयानाथ गैरेले स्व. ढकालका परिवार लाई राहत सहयोग स्वरुप १ लाख निधन भएकै बखत नै परिवार लाई हस्तान्तरण गरेको स्मरण गर्दै १ लाखको अक्षयकोष समेत स्थापना गरिएको जनकरी दिनुभयो उहाँको अपुरणीय क्षति कहिल्यै पुरा हुन नसकेपनि परिवार सङ्ग प्याब्सन साथमा रहेको बताउनुभयो ।

निजी तथा आवाशीय विद्यालयहरूको छाता संस्था भएतापनि सामुदायिक विद्यालय र दुरदराजका विद्यार्थी लाई छनोट गरी प्याब्सन कपिलवस्तुले शैक्षिक समाग्री वितरण कार्यक्रमको योजना बनाएको विषय लाई त्यस क्षेत्रका अभिभावक र विद्यालयका शिक्षकले सकारात्मक रुपमा लिएका छन् । प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षता, प्याब्सनका केन्द्रिय सदस्य शिव गैरेको प्रमुख आतिथ्यता, प्याब्सन कपिलवस्तुका उपाध्यक्ष तथा अतिरिक्त कृयाकलाप संयोजक तोयानाथ गैरेको स्वागत र प्याब्सन बाणगङ्गाका अध्यक्ष तथा अतिरिक्त कृयाक्लापका सदस्य सुरेन्द्र पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























