मुक्ति समाज विजयनगर गाउँ कमिटीको अध्यक्षमा धनवीर सुनार
विजयनगर, १४ असोज ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर गाउँ कमिटीको अध्यक्षमा धनवीर सुनार चयन भएका छन् । नेकपा एमाले निकट मुक्ति समाज विजयनगर गाउँपालिकाको भेलाबाट सुनारलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो ।
सुनारको नेतृत्वमा २७ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज गाउँ कमिटी गठन गरेको जनाइएको छ । जसको उपाध्यक्षमा गुरुचरण कोरी, सचिवमा निम सरी सुनार, सह–सचिवहरुमा गीता कोरी, जीतमान सुनार र कोषाध्यक्षमा नारायण विश्वकर्मा गरि २७ सदस्य मुक्ति समाज गाउँ कमिटीमा चयन भएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय स्थायी कमिटी सदस्य चन्द्र बहादुर गहतराजले मुक्ति समाज दलितहरुको आन्दोलन भएको बताएका छन् । उनले यो आन्दोलन वर्षौदेखि चलि आएको जिकिर गर्दै विविध भेदभावलाई अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिए । नेकपा एमाले जिल्ला कमिटी सचिवसमेत रहेका गहतराजले विभिन्न कालखण्डमा भएको आन्दोलनले नै दलितका हकअधिकार दिएको बताए । दलित समाजलाई गरिने दमन, शोषण, भेदभाव विरुद्ध एकताबद्ध भएर लागे परिवर्तन हुने उनको भनाई छ ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले आर्थिक, सामाजिक, साँस्कृतिक र व्यवहारमा विभेद भएको बताउँदै सचेत हुनुपर्ने बताए । उनले विकृति, विसङ्गति विरुद्ध लाग्नुपर्ने बताए । यस्ता विभेदलाई नेकपा एमाले अन्त्य गर्न चाहेको बताउँदै समाजमा भएको उत्पीडनलाई अन्त्य गरेर सामाजिक मूल प्रवाहमा ल्याउन लागिरहेको बताए । सामाजिक आन्दोलन, रुपान्तरण गर्न जरुरी रहेको अध्यक्ष शर्माले जोड दिए ।
यस्तै नेपकपा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले सबै जातजाति एउटै भएको बताउँदै विभेद विरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले नेकपा एमाले सबैलाई संगठित बनाएर अगाडी बढ्न चाहेको बताए । दलितका आवश्यकता र माग पुरा गर्न संगठित हुन समेत उनले अनुरोध गरे । पंक्तिबद्ध भएर घर–घरमा नेकपा एमाले पु¥याउन आवश्यक रहेको बताउँदै आफ्नो हकअधिकार प्राप्त गर्न एमालेमा लाग्नुपर्नेमा अधिकारीले जोड दिए ।
यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाले जनवर्गीय संगठनका कारण संविधानमा दलितका थुप्रै मागहरु समावेश गरिएको बताउँदै संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले एमालेमा आबद्ध र एकजुट भएर दलितका आवश्यकता र मागहरु सरकारमा पु¥याउन जरुरी रहेको बताए । थापाले दलित समाजको उत्थानका लागि नेतृत्व गर्न अनुरोध समेत गरे ।
यसैगरी नेकपा एमाले शिवराज नगर कमिटी उपाध्यक्ष महादेव पोख्रलेले विजयनगर गाउँपालिकामा एमाले नेतृत्वको जनप्रतिनिधि जितेकाले गाउँपालिकाले विकासमा फड्को मारेको बताए । जनप्रतिनिधिको प्रभावकारिताले विजयनगर एमालेमय भएको दावीसमेत गरे । विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक भएकोले सबैले एमालेमा लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा मुक्ति समाज केन्दीय सचिवालय सदस्य बेगम विश्वकर्मा, प्रदेश कमिटी सदस्य लाल बहादुर सुनार, प्रदेश सदस्य सिमा परियार, खगी सुनार, एमाले जिल्ला कमिटी सुमित्रा परियार, प्रदेश कमिटी सदस्य टंक बहादुर सुनार, जिल्ला कमिटी सदस्य शम्भु विश्वकर्मा लगायतको सहभागीता थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















