Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

महिनौँदिन वितिसक्दा समेत भएनन शिक्षक नियुक्ती


परीक्षामा कम नम्बर ल्याएकै कारण बालिकालाई कुटपिट

राम अवतार चौधरी
चन्द्रौटा, १३ असोज ।

कपिलवस्तुको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा एक बालिका मााथि कुटपिट भएको छ । विद्यालयमा प्रतिस्पर्धा गराउने क्रममा आन्तिरक जाँच लिँदा कम नम्बर ल्याएको भन्दै गत बुधबार करिब १२ बजे कक्षा ६ मा अध्ययनरत ११ बर्षिय ज्योति थारुलाई कुटिपटि भएको हो ।

उनी प्रतिस्पर्धाकै क्रममा कम नम्बर ल्याएकै कारण आफू आफ्नै साथीहरुबाट चुटाइ खाएको बताउँछिन् । “अरु बेला अंक ल्याउथे त्यो दिन कम नम्बर ल्याउँदा सँगै पढने केटा साथीबाट पिटाइ पाएको” विद्यार्थी थारु भनिन् । ज्योति थारुको अभिभावक भन्छन् ः “शिक्षाको सिकाई प्रणाली सुधार गर्न आवश्यक छ । विद्यार्थीलाई सिकाउँदा डर देखाउने गरी शिक्षकले पिटे केहि हुन्थेन्, तर सिकाईको नाममा विद्यार्थीलाई घाइते हुने गरी कुट्ने कहाँ सम्मको जायज हो ।”

जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ३ स्थिति सो विद्यालय पछिल्लो समय विवादै विवादले चुलिएको पाइएको छ । विद्यालयले २०८० बैशाख ११ गते शिक्षक आवश्यकताको विज्ञापान खुलाएको थियो । गत जेठ ३२ गते लिखित परीक्षा लिएको भए पनि अहिले सम्म नतिजा प्रकाशित गरेको छैन । शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पठनपाठामा समस्या भएको भन्दै अभिभावकहरुले केहि महिना अघि विद्यालयमा तालाबन्दी समेत गरेका थिए ।

स्थानियले यथासिघ्र शिक्षक नियुक्ती गर्नुे माग राख्दै पटक पटक विद्यालय, नगरपालिका लगायत सम्बधित निकायमा धाउनगरेका एक स्थानियले बताए । गत भदौ १८ गते ६२ जना अभिभावकले हस्तक्षर गरेको ज्ञापन पत्र समेत नगरपालिका बुझाउँदा समेत सुनवाइ नभएको उनीहरुको गुनासो छ ।

शिक्षक नियुक्ति नगरेपछि प्रअ कक्षमा तालावन्दी

राहत कोटाअन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ । नतिजा सार्वजनिक गर्न स्थानीय पटक पटक विद्यालयमा डेलिकेशन जाने गरेको भए पनि प्रअ बाबुराम थारुले यस प्रति कुनै ध्यान नदिएको अभिभावकले आरोप लगाएका छन् । उत्तर पुस्तिका परीक्षण गरेर नजिता प्रकाशन गर्ने बेला दाँत दुख्यो भन्दै भागेका अध्यक्षलाई लिन गएका विद्यालयका प्रअ थारु सम्पर्क बिहीन भएपछि पालिका र विषय विज्ञले मुचुल्का उठाएर ईलाका प्रहरी कार्यालय गोरुसिंगेलाई उत्तर पुस्तिका बुझाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पाण्डे र विद्यालयका प्रअ बाबुराम थारुले आफूले चाहेका मान्छे नभए पछि नतिजा प्रकाशन गर्न नचाहेको अभिभावकको आरोप रहेको छ । यता अध्यक्ष पाण्डेले भने परिक्षामा धाधली भएकाले नतिजा प्रकाशित नगरेको बताएका थिए । आफूले कुनै मान्छे चाहेको नभएर योग्य मान्छे नै आउनु पर्ने उनको तर्क थियो ।

यता विद्यालय प्रधाननध्यापक बाबुराम थारुले आफ्नो शिक्षकले गल्ती गरेको स्वीकार गरेका छन् । विद्यार्थीलाई त्यसरी कुटाउन नहुने बताउँदै आगामी समयमा यस्ता खालका कमिकजोरी सुधार गरेर अघि बढ्ने प्रतिबद्धता समेत उनले जाहेर गरे । शिक्षक नियुक्तको सवालमा आफूले पटकपटक व्यवस्थापन समितिलाई प्रक्रिया अघि बढाउन झकझक्याइरहेको बताए ।

बुद्धभूमि नगरापालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले बालिका कुटपिट भएको विषय आफूलाई जानकारी नरहेको बताए । शिक्षक नियुक्तीमा ढिलाई भएको बताउँदै केहि समय आफू केहि साता विदामा रहेको जानकारी दिए । व्यवस्थापन समिति सक्रिय हुनुपर्ने जनाउँदै नगरपालिकाबाट पत्राचार गरेको उनले जिकिर गरे । विद्यालयमा विषय विज्ञ कमिटि गठन गर्नुपर्नेमा उच्चस्तरिय कमिटि गठन भएका त्यसलाई सच्याउन नगरपालिकामा पुन ः बैठक बसेर परिपत्र गर्ने उनको भनाई छ । पालिकामा परिक्षामा धाधली भएको र छानबिनका लागि पत्र आएकाले विज्ञ टोलीले प्रश्न काट्ने र चेकजाच गर्ने भएकाले टोलीलाई नै राखेर विज्ञ टोलीको रोहबरमा निर्णय गर्ने प्रमुख भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग बृहत छलफल

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग बृहत छलफल

इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव काठमाण्डाै आइपुग्याे

इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव काठमाण्डाै आइपुग्याे

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

इजरायली बंकरबाट चित्कार गरिरहेका विद्यार्थीलाई प्रधानमन्त्रीको फोन

इजरायली बंकरबाट चित्कार गरिरहेका विद्यार्थीलाई प्रधानमन्त्रीको फोन

कपिलवस्तुमा विद्यालयको जग्गामा प्लटिङ, अख्तियारमा पर्‍यो उजुरी

कपिलवस्तुमा विद्यालयको जग्गामा प्लटिङ, अख्तियारमा पर्‍यो उजुरी

बुुद्धिसागरले ल्याए ‘उसले दिएको उमेर’

बुुद्धिसागरले ल्याए ‘उसले दिएको उमेर’

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline