मेरुदण्डको समस्याले ४ वर्षदेखि ओछ्यानमा रहेका राजेन्द्रले पाए अपाङ्गता परिचयपत्र
चन्द्रौटा,कपुरी डेक्स ।
शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले घरमै पुगेर ४ वर्ष देखि मेरुदण्ड पक्षघातका कारण ओछ्यानमा रहेका राजेन्द्र प्रसाद धोबीलाई अपाङ्गता परिचयपत्र प्रदान गरेका छन् ।
नगर प्रमुख थापाले शिवराज नगरपालिकाले अशक्त र वृद्ध अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दे आएको बताउदै गरिब र विपन्न नागरिकहरुलाई स्वास्थ्य शिक्षामा पहुँच बढाउने आफ्नो पहिलो लक्ष्य भएको बताए । शिवराज नगरपालिकाले मिति २०८०।०५।२६ गते सूचना जारी गर्दे वडा न १,२,३ र ४ लाई असोज ८ गते वडा न ५,६ र ७ असोज ९ गते वडा न ८,९,१० र ११ लाई १० गते वितरण गरेको जनाएको छ ।
शिवराज नगरपालिकाले ३ दिनमा अपाङ्गता परिचयपत्र क वर्गको रातो काड १३ जनालाई ख वर्गको निलो काड ३४ जनालाई ग वर्गको पहिलो काड २० जनालाई घ वर्गको सेतो काड १ जनालाई ६८ जनलाई अपाङ्गता परिचयपत्र वितरण गरेको योजना तथा सामाजिक विकास शाखाका प्रेम प्रसाद ओलीले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि २०७५ बमोजिम अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्दे आएको समितिकि अध्यक्ष शिव कुमारी थारुले जानकारी दिइन् ।
धोबी केही वर्ष अगाडी चन्द्रौटामा रहेको सर्फ फेक्टरीमा काम गर्दे गर्दा पिठ्युमा सामानले भरिएको बोरा खस्दा घाइते भएको र भारतको विभिन्न सहरमा औषधी उपचार गरे पनि निको नभएको उनको श्रीमती मनभावती धोबीले बताइन् ।
नेपाल सरकारले आपाङ्गताको वर्गिकरण अनुसार क वर्ग र ख वर्गको परिचयपत्र प्राप्त गर्ने व्यक्तिहरुलाई क्रमश ३ हजार ९ सय ९० रुपैया रातो काड प्राप्त गर्ने व्यक्तिहरुलाई र २ हजार १ सय २८ रुपैया निलो काड प्राप्त गरि रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वापत वितरण गर्दे आएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख दिपक खड्काले बताए ।
आर्थिक अवस्था अत्यनतै नाजुक रहेको उनको परिमारमा २ छोरा ५ जना छोरी भएको र ठुलो छोराले विहे गरि भारतमा मजदुरी गर्दे आएको र घरमुलि नै बिरामी भएदेखि घरखर्च चलाउन समेत गाह्रो भएको मनभावतीले बताइन् ।
किडार्क नेपालले वडा स्तरिय आपाङ्गता संजाल गठन गरि विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गर्दे आएको छ । उनिहरुले अपाङ्गता विषयमा छलफल गरि रहदा संजालको सम्पर्कमा आएको किडार्क नेपालमा अपाङ्गता सहजकर्ताको रुपमा काम गर्दे आएका सन बहादुर रानले बताए । संजालको सम्पर्कमा आएपछि नेपाल सरकारले वितरण गर्दे आएको सामाजिक सुरक्षा भत्तामा आबद्ध गराउन उनले अपाङ्गता काड बनाउन प्रेरित गरेको बताए ।
अपाङ्गता परिचयपत्र वितरण गर्न महिला तथा बालबालिका शाखा प्रमुख शारदा गुप्ता स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई किडार्क नेपालका जिल्ला संयोजक कृष्ण रावल सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख दिपक खड्काको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























