नेपाल उत्पीडित जातीय मुक्ति समाज कृष्णनगरकाे अध्यक्षमा काेरी
घनश्याम भर
विजयनगर, ६ असाेज ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज कृष्णनगर नगर कमिटीकाे अध्यक्षमा शिव कुमार काेरी चयन भएका छन् । मुक्ति समाजकाे नगर भेलाबाट काेरीकाे नेतृत्वमा १७ सदस्य कृष्णनगर नगर कमिटी गठन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज कृष्णनगर नगरपालिकाकाे नगर कमिटीकाे अध्यक्ष पदमा शिव कुमार काेरी सर्वसम्मत रुपमा चयन भएका हुन् । जसकाे नगर उपाध्यक्षमा चन्द्रभान हरिजन, सचिवमा अनिल कुमार पासी र उप-सचिवमा सरिता काेरी, बिनाेद कुमार पासी गरि १७ सदस्य मुक्ति समाजकाे नगर कमिटीमा चयन भएका हुन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सल्लाहकार परिषद सदस्य मंगल प्रसाद गुप्ताले दलित समाजलाई पछाडी पारिएकाे बताउँदै यस समाजकाे उत्थानका लागि पैरवी गर्न आवश्यक रहेकाे बताएका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका गुप्ताले आफ्नो हकअधिकार प्राप्त गर्न र भेदभाव अन्त्य गर्नका लागि संगठित भएर लाग्नुपर्ने भन्दै मुक्ति समाजलाई बलियो बनाउनुपर्नेमा जाेड दिए ।
यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले समाज परिवर्तन गर्न संगठन जरुरी रहेकाे बताए । एमालेका विचार, सिद्धान्तलाई अँगालेर, गाेलबद्ध भएर मुक्ति समाजकाे नेतृत्व गर्नुपर्ने उनकाे भनाई छ । कृष्णनगर नगर कमिटीलाई क्रियाशील बनाउँदै अगाडी बढ्न उनलेे आग्रह समेत गरे ।
यसैगरी मुक्ति समाजकाे स्थायी केन्द्रीय कमिटी सदस्य सिबी गहतराजले विविध विभेदका कारण दलित समाज माथि उठ्न नसकेकाे बताउँदै उक्त विभेदलाई अन्त्य गर्न सबैले संगठित हुनुपर्ने बताए । नेकपा एमाले जिल्ला कमिटी सचिव समेत रहेका गहतराजले समाजमा विद्यामान रहेका जातीय विभेद, छुवाछूत, वर्गीय विभेदका विरुद्ध आवाज उठाउँदै आफ्नो हकअधिकारका लागि लड्नुपर्नेमा जाेड दिए ।
यस्तै एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर गाउँपालिका इन्चार्ज गाेपाल बहादुर थापाले सबैले एकजुट हुनुपर्ने बताउँदै विभेद मुक्त समाज, सभ्य समाज निर्माण र विकासका निर्माणका संगठन आवश्यक रहेकाे बताए । उनले यसका लागि राजनैतिक नेतृत्वमा आएर अघि सर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा एमालेमा युवा नेता कुनाल प्रताप शाह, एमाले नगर कमिटी अध्यक्ष गाेपाल प्रसाद चण्देल, महबुद आलम खाँन, महताब खान, रितेश शर्मा, ज्याेति काेरी, ताैलेशवर खटिक लगायतले सम्बाेधन गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























