शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने
काठमाडौं : संघीय संसदको विषयगत समितिले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्ने भएको छ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विधेयकबारे आन्दोलनकारी शिक्षकसँग छलफल गर्न लागेको हो ।
असोज ७ गते आइतबार बस्ने बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असन्तुष्टी जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरुसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ।
समिति सचिव डा.रोजनाथ पाण्डेका अनुसार बैठक आइतबार दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ।
विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























