प्रदर्शनमा एकलाखभन्दा बढी शिक्षक जम्मा भएको दाबी
काठमाडौं : नेपाल शिक्षक महासंघको आन्दोलनले देशभरको पठनपाठनमा प्रभावित हुने देखिएको छ। महासंघले आजदेखि विद्यालय बन्द आह्वान गरेर काठमाडौं माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेको छ।
शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले एक लाखभन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिए। अधिकांश शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन्।
सम्बन्धित स्थानीय तहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि शिक्षकहरू मान्न तयार छैनन्। ‘स्थानीय तहले भन्दैमा हामी मान्नुपर्ने हो,हामी मान्दैनौँ,हाम्रो हकहितका लागि लड्न पाउँछौँ,’महासचिव सुवेदीले भने।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक परिमार्जन गरेर मागहरू सम्बोधन गरिनुपर्ने उनीहरूको माग छ। यतिखेर माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्। सरकारले वार्तामा बाेलाए पनि उनीहरू सहभागी भएनन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























