लक्ष्मी लघुवित्तीयद्वारा मुसलमानलाई २ लाख बढी चेक हस्तान्तरण
चन्द्रौटा, ३१ भदौ ।
लक्ष्मी लघुवित्तीय संस्थाद्वारा एक सदस्यलाई मृत्यु दावी भुक्तानी गरिएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर २ की सावाप्रबिन मुसलमान संस्थाको बैरिया शाखा अन्तर्गत केन्द्र नम्बर ७१ मा स्व. मुसलमान आबद्ध रहेकी संस्थाले जनाएको छ ।
आइतबार एक कार्यक्रमका बीच निजको श्रीमान स्माईल मुसलमानलाई २ लाख बिमा र २५ हजार बचत बापत गरि २ लाख २५ हजार रकमकाे भुक्तानीमा चेक हस्तान्तरण गरिएको जनाइएको छ । वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार यादवले शोक व्यक्त गरे । उनले अल्पायु उमेरमा निधन हुनु दुःखद रहेको जनाए । मृत आत्माको चिर शान्तिको कामना गर्दै लघुवित्तीयबाट लिएको ऋणको सदुपयोग गर्न समेत आग्रह समेत गरेका थिए । समूहमा आबद्ध रहेकी सदस्य धान रोप्न गएको अवस्थामा चट्याङ लागेर गत असार २९ गते मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















