फाइल फोटो

राम बहादुर गन्धर्व
कपिलवस्तु, ३१ भदौ

महिलाहरूको महान पर्वको रूपमा मनाइदै आइरहको हरितालिका तिज शब्य रूपमा सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका–९, कुस्मा टोल बिकास संस्थाले आयोजना गरेको स्थानीय महिलाहरूले पर्व मनाइएको हो ।

भड्किलो, खर्चिलो –तडकभडक नगरी परम्परागत र सामाजिक सद्भाव कायम गर्ने गरि स्थानीय मौलिक संस्कार ,संस्कृतिको संरक्षण गर्ने उ्द्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको टोल बिकास संस्थाका सल्लाहकार नारायण प्रसाद पौडेलले जानकारी दिए ।