तिजलाई भड्किलो नबनाउन परियारको अनुरोध
रामबहादुर गन्धर्व
कपिलवस्तु, ३० भदौ ।
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारले हिन्दु महिलाहरूको महान पर्वको रूपमा रहेको तिजमा नचाहिदो ,फजुल खर्च –भड्किलो नगरी सामन्य रूपमा मनाउन सबैमा अनुरोध गरेका छन् । बिहिवार राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा कपिलवस्तुद्वारा बिजयनगरको प्रेमनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष परियारले परम्परागत रूपमा चेली, माइतीको सम्बन्धलाई लिएर गाइने गितहरू हराउन नपाओस र पत्रकारहरूको महत्त्वलाई सबैले बुझ्न सकुन भन्ने उद्वेश्यले खुला तिजगित प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
त्यस्तै खुला तिज गीत प्रतियोगिता सांस्कृतिक कार्यक्रम २०८० को शुभकामना दिँदै दलित महिला मानव अधिकारकर्मी मिना परियारले तिज पर्वलाई भड्किलो, खर्चिलो नबनाई अवस्था अनुसार ब्यवस्था गर्नुपर्नेमा जोड दिएकी छन् । भने कार्यक्रममा १० वटा समूहले भाग लिएका थिए । जस मध्ये आवर मदरल्याण्ड एकेडेमी शिवराज नगरपालिका–५ चन्द्रौटाले प्रथम स्थान हाँसिल गरि प्रमाणपत्र सहित रू. १० हजार पुरस्कार प्राप्त गरेको छ । पालिकास्तरिय किशोरी मंचले द्वितीय स्थान हासिल गर्दै प्रमाणपत्र, ६ हजार नगद प्राप्त गरेको छ ।

माछापुच्छ्रे शिवराज नगरपालिका वडा नम्बर ३ मदवाले तृतीय स्थान रू.४ हजार र दिदीबहिनी समूह बिजयनगर र प्रतिभा किसोर किसोरी समूह बुद्धभुमि नगरपालिका–९, इमिलियाले सान्त्वना स्थान हाँसिल गरि २÷२ हजार सहित पुरस्कृत भए का छन् कार्यक्रम संघका अध्यक्ष सम्भु बि.क.को अध्यक्षता बिजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको प्रमुख आतिथ्यता, दिपिका सुनारको स्वागत मन्त्ब्य र सचिव सागर बि.क.को सञ्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















