शिवराजमा भव्यताका साथ मनाइयो बाल दिवस
चन्द्रौटा, २९ भदौ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ बल दिवस मनाइएको छ । सरसफाइ सामाग्री वितरण, साँस्कृतिक कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता, सचेतनामूलक कार्यक्रम लगायत विभिन्न कार्यक्रम गरी मनाइएको हो । 

“बाल विकासमा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने नारीका साथ ५९औँ बाल दिवसको अवसरमा सरस्वती आधारभूत विद्यालयमा सरसफाइ सामाग्री वितरण गरिएको प्राधनाध्यापक सिताराम चौधरीले बताए । यस्तै वडा नम्बर ५ अवस्थित सिद्धार्थ आधारभूत विद्यालयमा साँस्कृतिक तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । त्यस्तै दिवसको अवसरमा सनराईज ईङलीस वोर्डिङ स्कुल चन्द्रौटा कपिलवस्तुले सचेतना ्याली निकालेको छ । विभिन्न जनचेतनामुलक नारा लेखिएको पेले कार्ड र व्यानर लिएर विद्यार्थीहरुले वजार परिक्रमा गरेका थिए । 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























