सर्पले टाेक्दा १८ वर्षीय युवाकाे मृत्यु
चन्द्राैटा, २८ भदाै ।
कपिलवस्तुमा सर्पले टाेक्दा एक युवककाे मृत्युु भएको छ । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजकाे मृत्युु भएको छ । उनलाई करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले टाेेकेकाे थियाे ।
सर्पले टाेकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजकाे मृत्यु भएको सर्पदंश उपचार केन्द्र गाेरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।
मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्र पुर्याइएकाे थियोे । गाेरुसिङ्गेबाट बुटवल रिफर गरेपछि बाटाेमै मृत्युु भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















