कुन आधारमा हुन्छ शिक्षकको बढुवा?
काठमाडौं : लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्तत: आज संसदमा दर्ता भएको छ। उक्त विधेयक शिक्षक बढुवाको विभिन्न व्यवस्थाहरू राखिएका छन्।
विधेयकमा उल्लेख भएअनुसार शिक्षकको बढुवा आन्तरिक प्रतियोगिता, कार्यक्षमताको मूल्याङ्कन र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट गरिने छ। यसरी बढुवा गर्दा आधारभूत तहको साधारणतर्फ जिल्लागत आधारमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहतर्फ प्रदेशगत आधारमा बढुवा गरिनेछ।
विधेयकमा उल्लेख छ,‘कार्यक्षमताको मूल्याङ्कनको अङ्क भार ज्येष्ठताबापत ३०, कार्यसम्पादन विद्यार्थीको सिकाइ उपलब्धि मूल्यङ्कनबापत ४०,शैक्षिक योग्यताबापत २०, तालिमबापत १० अङ्क कायम गरी कार्य सम्पादनलाई सबै भन्दा बढी अङ्क प्रदान गर्ने व्यवस्था गरिएको छ।’
यसबाट कुनै जिल्लामा कार्यरत शिक्षकको छिटो बढुवा हुने तथा कुनै जिल्लामा कार्यरत शिक्षकको ढिलो बढुवा हुने वा बढुवा नै नहुने विद्यमान समस्याको समाधान हुने सरकारले अपेक्षा लिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























