पोखरामा आफैँले काम गर्ने घरबाट १६ तोला गहना चोरेपछि …
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले काम गर्दै आएको घरबाट सुनका १६ तोला गहना चोरेकी एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ।
कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार मंगलबार पोखरा महानगरपालिका–१२ मा रहेको पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका विभिन्न १६ तोला गरगहना हराएको भनी पीडित पक्षबाट निवेदन आएको थियो।
सोही निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका–२ घर भई हाल पीडितकै घरमा काम गर्दै आइरहेकी २२ वर्षीया शिवदेवी चौधरीलाई नियन्त्रणमा लिएको थियो।
चौधरीसँग प्रारम्भिक सोधपुछ गर्दा उनले नै ती गहना चोरी गरेर पोखरा महानगरपालिका–१० बुद्ध चोकमा रहेको मोबाइल पसलमा लुकाउन दिएको स्वीकार गरेकी थिइन्।
प्रहरीले मोबाइल पसलमा खानतलासी गर्दा चोरी भएका १६ तोला बराबरका सुनका गरगहनाहरू बरामद भएपछि चोरी गरेकी चौधरीसहित त्यसमा सघाएका मोबाइल पसलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूबारे अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















