नेम्वाङ मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको भन्दै उनले भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन्।
उनले नेम्वाङलाई ‘हितौषी मित्र’को रूपमा स्मरण गरेका छन्। ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले लेखेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















