रेडियो भ्वाइसकाे तीज दर खाने कार्यक्रम सम्पन्न
दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा, २६ भदौ ।
नेपाली चेलीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कपिलवस्तु जिला शिवराज नगरपालिका चन्द्रौटामा परिवर्तन गृहले “परिवर्तनका लागि संचार” भन्ने मुल नाराका साथ संचालित सामुदायिक रेडियो भ्वाइसमा सोमबार मौलिक तीज गित तथा नृत्य कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आजभोलि गाइने तीज गीतहरुमा नेपाली कला सस्कृती लोप हुँदै गएकोले भोलिका हाम्रा सन्ततिले मौलिकता शब्दको अर्थ नै नजान्ने नबुझ्ने हुनाले यसको जगेर्ना गर्न सम्पुर्ण नारी पुरुष कम्मर कसेर लाग्नु पर्ने भन्दै सबैको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा विभिन्न स्थानबाट आउनु हुने आमा समुह, महिला समुह, दिदिबहिनीहरुले गुन्यु चोली लगाइ मौलिकता झल्काउने गरि मादल खैजडी बजाइ गीत र नृत्य गर्दा निकै मनमोहक देखिनथ्यो । भने अर्कोतिर हाम्रो देश नेपाल कला र संस्कृतिमा निकै पछाडी परेको अनुमान गर्न सकिन्छ र यसको यस्तो जगेर्ना गर्न हामी महिला र पुरुष सबै तातिएमा मात्र सम्भव देखिन्छ ।
कार्यक्रमको अध्यक्ष बल बहादुर बिश्वोकर्माको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता नगर प्रमुख अजय थापा, उपप्रमुख शिव कुमारी थारु, नेपाल आयुर्वेदिक शाखा प्रमुख गोपाल बन्जाडे लगायतले तीजको भाखामा नाचेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे । दर खादै नाच्दै गरिएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य कमल नाथ चौधरी र संचालन रेडियोकी स्टेशन म्यानेजर गिता पौडेलले गर्नु भएको थियाे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















