आर.ए.अन्जान
चन्द्रौटा, २४ भदौ ।
पछिल्लो समय केहि समयको अन्तरालपछि थारु कल्याणकारीसभा शिवराज नगर समितिको आयोजनाको वनभोज कार्यक्रम गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३, स्थित भितरियाको सोनवागढमा कार्यक्रम गरिएको हो । स्थानिय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुग्ने उद्देश्यले स्थानियस्तरमा कार्यक्रम आयोजना गरिएको थाकसले जनाएको छ ।
थारु कल्याणकारीसभा कपिलवस्तुका जिल्ला सभापति पवन कुमार थारुले यस कार्यक्रमले समुदायमा भाईचारा आत्मियता सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । लामो समयको दुरीपछि वनभोज गर्दा थारु समुदायको विगत र वर्तमान अवस्थाबारे बृहत छलफल गर्दै समाज रुपान्तरणमा थाकस गम्भिर भएर लाग्नुपर्ने उनले उल्लेख गरे । हरेक दृष्टिकोणले आफ्नो समुदाय चपेटामा परेको जनाउँदै अब थारु समुदाय जागरुक हुन आवश्यक रहेको उनको भनाई छ ।
यस्तै शिवराज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाजिक अभियन्ता राम बहादुर थारुले समाज पछिल्लो समय युवा पुस्ता लागू पदार्थ दुव्र्यसनका कूलतमा पस्दै गएको बताए । जुन समाजको लागि निकै घातक रहेको दावी गर्दै सुधार गर्न थाकसले समेत जनचेतना लगायतका कार्यक्रम गर्नपर्नेमा उनले जोडदिए । बिशेषगरी थारु समुदायका युवा झनै वैदेशिक प्लायन भैरहेको बताउँदै शैक्षिकस्तरमा समेत कमजोर बन्दै गएकोप्रति अभियान्त थारुले चिन्ता व्यक्त गरे ।
थाकस शिवराज नगर सभापति प्रकाश थारु, थाकस केन्द्रिय सदस्य जन्जिर प्रसाद थारु, केन्द्रिय पारषद तथा थाकस पूर्व कपिलवस्तु सभापति उमाशंकर थारु, जगतदेव थारु उमेश थारु लगायत विभिन्न थारु अगुवाहरुले थारु समुदायमा एकरुपता ल्याउन, शैक्षिक, राजैनीति, आर्थिक, सांस्कृतिक तथा सामाजिकस्तर उठान सकिने भन्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।