दुर्गा प्रसाद काफ्ले

कपिलवस्तु, २२ भदौ ।

कपिलवस्तु जिल्ला को बाणगंगा नगरपालिका वडा न.१० पटनामा बिहिवार सुरक्षित वासकाे सुनिश्चितता हिंसा मुक्तिका लागि महिला अधिकार भन्ने मुल नारा सहित जर्वजस्ती उठिवास बिरूद्व अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा न.१० र ११का भुमिहिन ,सुकुम्बासीहरूकाे विशेष उपस्थिति रहेको कार्यक्रममा बाेल्ने दुबै वडाका जनप्रतिनिधिहरूले सुकुम्बासीहरूलाई उठीवास लाउनु संबिधान बिपरित भएको बताए ।

त्यस्तै अन्तक्रिर्या कार्यक्रममा बाेल्ने बक्ताहरूले नेपालकाे संबिधान धारा नं. ३७ र धारा ४० उल्लेख भए बमोजिम महिला तथा भुमिहिन दलितहरूलाई सुरक्षित बाँस स्थान गर्नुपर्ने ,जर्वजस्ती उठिबास लगाउन नहुने जस्ता महत्त्वपूर्ण बिषयमा अन्तक्रिर्या छलफल भएको आयोजक संस्थाले जनाएको छ ।

नेपाल महिला एकता समाज कपिलवस्तुकाे आयोजनामा भएको छलफल वडा न.१०का कार्यवाहक अध्यक्ष रूकनारायण थारूकाे अध्यक्षता ,महिला एकता समाजकी केन्द्रीय सचिव धना श्रेष्ठको प्रमुख आतिथ्यता,महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती अधिकारीकाे बिशिस्ट आतिथ्यता एकता समाजकी प्रदेश संयाेजक एवम् जिल्ला अध्यक्ष नारायणी पाण्डे काे स्वागत मन्त्ब्य र सरस्वती थारूकाे सञ्चालनमा अन्तक्रिर्या छलफल सम्पन्न भएको थियो ।