भारतीय क्रिकेट बोर्ड बीसीसी आईले घरेलु मैदानमा हुने विश्वकपका लागि टिम घोषणा गरेको छ ।भारतले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । हार्दिक पाण्ड्या उपकप्तान छन् ।

एसिया कप खेल्ने टोलीमा श्रीलंकामा रहेका मध्ये तिलक बर्मा, प्रशिद्ध कृष्ण र सन्जु सामसन टिममा छैनन् ।सार्दुल ठाकुर र केएल राहुलले टिममा स्थान बनाएका छन् । चोटका कारण केएल राहुल टिममा पर्नेमा शंका थियो ।