काठमाडौं : शरीरमा धेरै क्याल्सियम मुटुका लागि खतरनाक हुन सक्छ। त्यसकारण शरीरमा सधैँ क्याल्सियमको मात्रा नियन्त्रण गर्नुपर्छ।

धेरै क्याल्सियमले मुटुका धमनी साँघुरो पार्न सक्छ, रगत प्रवाहमा असर गर्छ। उच्च रक्तचाप, बुढ्यौलीआदिले शरीरमा क्याल्सियमको मात्रा बढाउन सक्छ। यस्ता व्यक्तिले आफ्नो क्याल्सियमको मात्रामा ध्यान दिनुपर्छ र नियमितरूपमा जाँच गराउनुपर्छ। क्याल्सियम आहार परिवर्तन, व्यायामआदिद्वारा कम गर्न सकिन्छ। सचेत भए मुटु रोगबाट बच्न सकिन्छ।

विज्ञान र चिकित्सा क्षेत्रमा हालै गरिएको एक अध्ययनले मुटुमा क्याल्सियमको सञ्चय घातक हुन सक्ने र मुटु रोगको जोखिम बढाउने देखाएको छ। मुटुमा रगत पुर्‍याउने कोरोनरी धमनीमा क्याल्सियम जम्मा हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसलाई क्याल्सिफिकेशन भनिन्छ ।

यसले धमनीहरूको सामान्य कार्यलाई असर गर्न सक्छ, जसले धमनीमा अवरोध निम्त्याउँछ। क्याल्सियम स्कोरिङका लागि मुटुको सीटी स्क्यानमा गरिन्छ, जुन मुटुको धमनीहरूमा कति क्याल्सियम छ भनेर हेर्नका हाे। क्याल्सियम स्कोर जति उच्च हुन्छ, मुटु रोगको जोखिम त्यति नै उच्च हुने गर्छ।

कसरी बच्न सकिन्छ?

सही खानपान: शरीरमा क्याल्सियमको मात्रा नियन्त्रणमा राखिराख्न तेल, बोसो र अत्यधिक नुन खानबाट बच्नुपर्छ। यस्तै फलफूल, सागसब्जी र फाइबरयुक्त खानेकुरा दैनिक आफ्नो खानामा बढाउनुपर्छ।

व्यायाम: नियमितरूपमा व्यायाम गर्नुपर्छ, जस्तै छिटो हिँड्ने, जिम जाने वा अन्य कुनै पनि प्रकारका व्यायाम गतिविधिहरूमा भाग लिने गर्नाले पनि शरीरमा क्याल्सियमको मात्रा नियन्रणमा राख्न सकिन्छ।

धुमपान र मदिरा सेवन नगर्ने : धुम्रपान र अत्याधिक मदिरा सेवनले मुटु रोगको जोखिम बढाउँछ। त्यसैले सबै खालका मुटु रोगबाट बच्न धुमपान र अत्याधिक मदिराको सेवन गर्नबाट टाढै रहनुपर्छ।

तौल नियन्त्रण गर्ने : मुटुको स्वास्थ्यका लागि तौल सन्तुलित राख्नु पनि महत्त्वपूर्ण छ।

डाक्टरसँग परामर्श गर्ने : यो सबैभन्दा महत्त्वपूर्ण छ। तपाइँले कस्ता प्रकारका उपचार लिने भनेर डाक्टरले मात्र बताउन सक्छन्।