काठमाडौं : विराटनगर महानगरपालिकाले पनि संस्थागत विद्यालयले छात्रवृत्ति नदिएपछि आफैँले प्रवेश परीक्षा लिएको छ। शनिबार महानगरपालिकाले परीक्षा लिएको हो।

सरकारले तोकेको नियमानुसार सबै निजी विद्यालयले कक्षा-११ मा अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुटाउनुपर्छ। तर,छात्रवृत्ति नदिएपछि महानगर आफैँले परीक्षा लिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए।

सूचनानुसार चार परीक्षा केन्द्र तोकिएको थियो। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। काठमाडौं महानगरपालिकाले यसअघि नै परीक्षा लिइ नतिजा प्रकाशित गरिसकेकाे छ । ती तोकिएका विद्यालयमा विद्यार्थीहरु भर्नासमेत भइसकेका छन्।