काठमाडौं : धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज (बुधबार)को एसिया कप क्रिकेट हेर्नका लागि २ बजेपछि विद्यालयमा बिदा दिएको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बिदा दिएको जनाएको हो।

‘सिमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तानजस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरूको निम्ति ठूलो गौरवको कुरा भएको हुनाले आज पाकिस्तानसँग एसिया कपको पहिलो खेल ३:०० बजेदेखि खेलिने भएकोले हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गराउनका निम्ति १३ गते दिनको २ : ०० बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिन हुन आदेशानुसार अनुरोध छ,’सूचनामा भनिएको छ।

आज नेपाली समय अनुसार सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच खेल हुँदैछ।