एमसीसीले रोकियो समाजवादी मोर्चाको कार्यक्रम
काठमाडौं : समाजवादी मोर्चाको कार्यक्रम स्थगित भएको छ। आज धनगढीका लागि तय भएको कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीचको भेटपछि भेला स्थगित गरिएको जानकारी दिए।
अमेरिकी मिलेनिय च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा समाजवादी मोर्चाको घटक नेकपा एकीकृत समाजवादी र नेकपाले माइतीघरमा विरोध गर्दैछ। आजबाट कार्यान्वयन आउन लागेको एमसीसीको विरोधका कारण धनगढीको भेला स्थगित गरिएको नेताहरुले बताएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















