मुगु र हुम्लाका आँखा उपचार केन्द्रहरुको स्तरोन्नति हुने
काठमाडौं : नेपाल नेत्रज्योति संघअन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नति गर्न नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबीच सम्झौता भएको छ।
बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा नेत्रज्योति संघका उपाध्यक्ष एवं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका विकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेशनलाई धन्यवाद दिए।
नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबीच गएका ३९ वर्षदेखि नेपालीलाई सहज तथा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन निरन्तर सहकार्य भइरहेको छ।
हाल नेपाल नेत्रज्योति संघले देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत नेपालीलाई शुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा दिँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























