‘दियौ माया’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं : ‘दियौ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भक्तपुरमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमले म्युजिक भिडियो लोकार्पण गरे।
लक्ष्मण पलिखेलको स्वर रहेको गीतको शब्द दयाराम गिरी र अमन अजरले लेखेका हुन्। संगीत राजेश हाडाले दिएका हुन्। भिडियोमा गायक पलिखेल र रञ्जना सितिखुको अभिनय हेर्न सकिन्छ।
हाडा ब्रदर्श यूट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो रवि हाडाले निर्देशन गरेका हुन्। गीतकी निर्माता निभा प्रजापति हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























