वनस्थलीमा बसले ठक्कर दिँदा दुईजनाको मृत्यु, बालिका घाइते
काठमाडौं : वनस्थली ढुंगेधारामा बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आइतबार बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारतीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको रिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।
दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन्। टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुंगेल बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























