प्रहरीमा आफै उपस्थित भए यौन दुर्ववहारको आरोप लागेका पौडेल र पाण्डेले ।
चन्द्रौटा, २२ साउन ।
महिला स्वास्थ्य कर्मचारीलाई यौन दुर्व्यवहार पछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भए लगत्तै सम्पर्कविहीन भएका शिवराज नगरपालिकाका आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेल र उनका एक साथीले प्रहरी समक्ष आफै उपस्थित भएका छन ।
साउन १२ गते मुद्दा दर्ता भए पछि उनीहरु फरार रहँदै आएको प्रहरीले जनाएको थियो । प्रहरीले खोजी कार्यलाई तीव्र बनाए पछि पौडेल र उनका साथी भुवन पाण्डेय प्रहरीमा आफै उपस्थित भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जंग मल्लले बताए । साउन १२ गते २ महिला स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
साउन १० गते पौडेल र पाण्डेयले महिला कर्मचारीमाथि यौन दब्र्यवहार गरेको आरोप लागेको थियो । यौन दुर्व्यवहारको आरोप लागे पछि स्वास्थ्य केन्द्रका प्रमुख पौडेललाई नगरपालिकाले साउन १२ गते नै जिम्मेवारीबाट हटाएको थियो । साउन १० रात्रीकालाीन डिुयुटीका बेला मदिरा सेवन गरी महिला कर्मचारीहरू माथि ती दुई जनाले यौन दुर्व्यवहार गरेको महिला कर्मचारीले बताएका थिए । मदिरामा मातिएका पौडेल र पाण्डेयले महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै पिडितले बताएका थिए ।
गत साउन १ गते पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो । पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक मल्लले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























