फाइल फोटो

काठमाडौं : पहिरो पन्छाएर सञ्चालनमा आएको दुई घण्टामै मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। पहिरो पन्छाएर बिहान ३ बजेदेखि सडक खुलाइएकोमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

अहिले सडक खुलाउने प्रयास भइरहेको र केहीबेरमै सञ्चालनमा आउने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पानी पर्नेवित्तिकै पहिरो खस्दा यो सडक अवरुद्ध भइरहने गरेको छ। त्यसैले सकेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गर्दै आएको छ।