काठमाडौँ ।

राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।