चन्द्राैटा(कपिलवस्तु), २३ असार ।

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नम्बर-५ मा रहेको आवर मदरल्याण्ड एकेडेमीले परिक्षा बोर्डले प्रकाशन गरेको एसईई २०७९ मा उत्कृष्ट नतिजा ल्याएको छ ।

एकेडेमीबाट सहभागी छात्रा एन्जल अधिकारी ३.८५ जिपिए सहित ३१ जना विद्यार्थीको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको प्रधानाध्यापक कुलराज ढुंगानाले बताए ।

त्यस्तै अधिकारीसहित ४ जनाकाे ए प्लस, ८ जनाकाे ए ग्रेड सहित उत्कृष्ट नतिजा आएको छ । याे सँगै कक्षा ११ मा भर्ना खुलेकाे समेत ढुंगानाले जनाए । मनाेरम वातावरणसँगै यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे एकेडेमीका अध्यक्ष शरद अधिकारीले जिकिर गरे ।