धर्म गुरुहरुलाई एकदिने अभिमुखिकरण
चन्द्राैैटा, कपिलवस्तु, २२ असार ।
मुस्लिम समुदायका धर्म गुरुहरुकाे लागि खुसहाल परिवार सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-५, बुधबार चन्द्राैटामा अभिमुखिकरण गरिएको जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुकाे आयाेजनामा भएकाे अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी मदरसा बाेर्डका उपाध्यक्ष माैलाना मसहुद नेपाली खाँ ले समुदायकाे इतिहासबारे बताउँदै शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जाेडदिए । सन्तान लिँदा स्वास्थ्य लगायत हरेक क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताए । बाहुल्य रहेकाे मुस्लिम समुदायलाई सरकारले उपेक्षा गरेकाे जनाउँदै जनसंख्याको आधारमा सुविधा उपलब्ध गराउनुपर्ने खाँले बताए । 
बालविवाह रोकथामकालागि स्थानीय सरकार र संघ संस्थाले सामूहिक पहल गर्नुपर्ने अधिकांशले जाेड दिएका थिए । कपिलवस्तुमा मधेशी र मुसलमान समुदायको बाहुल्य भएको जिल्ला हो । विशेष गरेर यस समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर कानुनले २० वर्षपछि मात्र विवाह गर्न पाउने व्यवस्था गरेको छ ।
समुदायका अगुवा, धर्मगुरु र राजनीतिक दल सामाजिक सद्भाव नबिग्रियोस भन्ने विषयमा सधैं चिन्तित रहने गरेका भएपनि शिक्षाको पहुँचकालागि त्यति सक्रिय रहँदैनन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका निमित्त प्रमुख अनिरूद्ध कुमार श्रीवास्तव, परिवार नियोजन कपिलवस्तु शाखा सुपरवाईजर प्रभास पन्थी र शिवराज नगरपालिका स्वास्थ्य शाखाकी अधिकृत पूर्णिमा खनाल लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















