कपिलवस्तुका एक युवा बने पाइलट
कपिलवस्तु, १९ असार ।
कपिलवस्तुका एक युवा पाइलट बन्न सफल भएका छन् । महाराजगञ्ज नगरपालिका-१, का दिपेन्द्र अग्रहरी पाइलट बन्न सफल भएका हुन ।
बि.स. २०६० सालमा कपिलवस्तुमा जन्मीएका अग्रहरीले पाइलट बिषय लिएर फिलपिन्समा अध्ययन गरेका थिए । हालै उनले सो बिषयमा स्नातकमा उत्र्तीण हुदै नाम निकाल्न सफल भएका हुन् ।
बुवा घनश्याम अग्रहरी र सुभावती अग्रहरीको कान्छा सुपुत्रका रुपमा रहेका दिपेन्द्र अग्रहरीलाई अहिले धन्यवाद दिने ओइरो लागेको छ ।
पाइलट बन्छु भन्नु र त्यसको अध्ययन पुरा गर्नु सहज बिषयमा नभएकाले दिपेन्द्रले यसलाई पुरा गर्नु सौभाग्यको बिषय भएको उनका आफन्ती बताउँछन् ।
उनले न्यु शिसु बोडीङ स्कुल महारागञ्जमा कक्षा ७ सम्म, तौलीहवा स्थीत कपिलवस्तु शान्ती निकेतन बोडीङ स्कुलमा कक्षा १० सम्म अध्ययन गरेका थिए । त्यसपछि उच्च शिक्षा उनले जिल्ला बाहिर गरेका हुन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























