Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक


एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

काठमाडौं : गर्मी मौसम सुरु भएसँगै पछिल्लो फ्लू जस्तै लक्षण लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्दै गएको छ।

चिसो मौसमबाट गर्मी मौसम सुरु हुने यस समयमा रुघाखोकी जस्ता संक्रमणहरुको जोखिम हुने भए पनि गएका वर्षहरुमा यस्ता संक्रमण देखिएका बिरामीहरुमा एक हप्तामानै पुरै सन्चो हुने भए पनि हाल कडा लक्षण देखिने र लामो समय सम्म पूर्ण ठिक नहुने समस्या लिएर बिरामीहरु अस्पताल आउने गरेको चिकित्सकहरुको भनाइ छ।

कडा खालको लक्षण लिएर पछिल्लो समयमा दैनिक ७ जना भन्दा बढी बिरामी टेकूस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन्। अस्पतालका इकर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीका अनुसार सुरुमा रुघाखोकी तथा ज्वरो आएको तर मेडिकलबाट ओषधि किनेर खाएको एक हप्ता भन्दा बढी समय हुँदा सम्म सन्चो नभए पछि अस्पताल आउने बिरामी धेरै छन्।

‘रुघाखोकीसहित फ्लू जस्तै लक्षण देखिए पनि एक हप्ता सम्म घरमै मेडिकलबाट ल्याएर खाएको औषधी खादा पनि ठिक नभएको भन्दै धेरै गलेको अवस्थामा दैनिक ७ जना भन्दा बढी विरामी इमर्जेन्सीमा आउनु हुन्छ,ओपिडीमा पनि यस्ता खालका विरामी बढेका छन तर इमर्जेन्सीमा जस्तो कडा लक्षण भन्दा कम खालको लक्षण लिएर आउनु हुन्छ।’ भण्डारीले भने।

एक हप्ता सम्म ज्वरो आउने र लामो समय खोकी सन्चो नहुने

एक हप्ता सम्म ज्वरो आउने र ज्वरो ठिक भएको लामो समय सम्म पनि कडा खालको खोकी लागेको भन्दै जँचाउन आउने विरामीको संख्या पछिल्लो समय बढेको बताउछन्। टेकु अस्पतालकै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन। ‘हुन त मौसम परिवर्तन हुने बेलाको यो समय भनेको मौसमी फ्लू सक्रिय हुने समय पनि हो, अहिले यसरी अस्पतालमा आएका धेरै विरामीमा इन्फ्लुएन्जा भाइरसको ए सबटाइप एच थ्री एन टु (H3N2) अर्थात (हङकङ फ्लू)को जस्तो लक्षण धेरैमा देखिएको छ’ डा पुनले भने।

हाल अस्पताल आउने धेरैमा कस्तो खालको संक्रमण हो इन्फ्लुएन्जा भाइरसमा पनि कुन खालको हो भनेर पत्ता लगाउनको लागि पीसिआर परीक्षण नहुँदा संक्रमणको अवस्था बारे पत्ता लगाउन गाह्रो भएको समेत पुनले बताए।

‘हाल बिरामीको लक्षण हेर्दा धेरैलाइ हङकङ फ्लूको जस्तो लक्षण देखिएको छ तर हाम्रोमा कुन खालको इन्फ्लुएन्जा हो भनेर कसैले पनि  परिक्षण गर्नु भएको देखि देखिदैन, हुन त हाम्रोमा देखिने धेरै इन्फ्लुएन्जा भाइरसमा  (H3N2) अर्थात (हङकङ फ्लू) र स्वाइन फ्लू भनेर चिनिने H1N1 भाइरस संक्रमण हो,यी दुई मध्य अहिले H3N2 अलि सक्रिय भएको हो की जस्तो देखिन्छ,सामान्य तया हाम्रोमा देखिने इन्फ्लुएन्जा भाइरस मध्य २५/य २५/३० प्रतिशत त  H3N2 नै हुन्छ’डा पुनले भने।

H3N2 अर्थात हङकङ फ्लू एक हप्ता भन्दा बढि ज्वरो आउने कडा खालको खोकी लाग्ने प्रमूख लक्षण हुने भएकाले अहिलेका विरामीमा यही खालको लक्षण देखिएको समेत पुनले बताए।

हुन त पछिल्लो दिनमा छिमेकी देश भारतमा समेत H3N2 का बिरामीहरु बढ्दै गएको बताइएको छ त्यसको असर नेपालमा पनि देखिएको हुँदा बिरामी बढेको हुनसक्ने डा पुनको भनाइ छ। खुला सिमाना भएको र भारतमा H3N2 का विरामी बढि रहेको भनिएको बेलामा अझै यस्ता विरामी बढ्न सक्ने उनको भनाइ छ।

यी समूह हुन्छन् जोखिममा

सामान्यतया यस्ता संक्रमण एक हप्ता पछि विस्तारै ठिक हुँदै जाने भए पनि H3N2) अर्थात (हङकङ फ्लू)मा भने अलि लामो समय सम्म लक्षण देखिने र लक्षण पनि कडा खालको हुने हुँदा अप्ठ्यारो हुनसक्ने डा पुनले बताए। विशेषगरी दिर्घरोगि बालबालिका तथा गर्भवती महिलाहरु यसको जोखिममा हुने उनको भनाइ छ।

फ्लूको संक्रमण भएको बेला आफूखुसी एन्टिबायोटिक खानु घातक

इन्फ्लुएन्जा एक सामान्य संक्रमण भए पनि यसका प्रकारका फ्लूहरु केही कडा खालका हुने हुँदा विशेष सावधानी अपनाउनु पर्ने डा पुनको भनाइ छ।

अहिले पनि अस्पतालमा आउने धेरै बिरामीले आफूखुसी एन्टिवायोटिक किनेर खाने र त्यसले पनि ठिक नभए पछि अस्पताल आएको देखिन्छ। जुनसुकै प्रकारको एन्फ्लुएन्जाको संक्रमण भए पनि त्यसको लक्षणको आधारमा उपचार गर्नु पर्छ यस्तो अवस्थामा आफूखुसी एन्टिवायोटिक खानु नहुने डा पुनको भनाइ छ।

कुनै पनि प्रकारको फ्लू भाइरससँग महामारी सिर्जना गर्ने क्षमता हुने यसबाट बच्नका लागि प्रत्येक वर्ष फ्लूविरुद्धको खोप लगाउन आवश्यक रहेको डा. पुनको भनाइ छ ।

यस्ता लक्षण देखिए वेवास्ता नगरौँ

नाकको समस्या, रुघा खोकी, भोक नलाग्ने,कमजोर भएको अनुभव,सामान्य ज्वरो-१०० F वा सो भन्दा माथि),टाउकोको अत्याधिक दुखाइ जस्ता लक्षण देखिए इन्फ्लुएन्जा संक्रमण भएको हुन सक्ने हुने परिक्षण गर्नु पर्ने हुन्छ।

यस्ता लक्षणका साथसाथै घाटी दुख्ने,जिउ चिलाउनु,टाउको दुख्नु,वाकवाक लाग्नु अनि झाडापखाला जस्ता लक्षणहरु देखिन्छ। इन्फ्लुएन्जाको  लक्षण सामान्य रुघा खोकीसँग मिल्दोजुल्दो हुने हुँदा धेरैले वेवास्ता गर्ने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

रुपन्देहीमा झारफुकको नाममा निर्घात कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु

रुपन्देहीमा झारफुकको नाममा निर्घात कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline