शिवराजमा मृगौला डाईलोसीस गर्ने विरामीहरुलाई निशुल्क यातायात
चन्द्रौौटा,शिवराज नगरपालिकामा नगरप्रमुख अजय थापाको पहलमा मृगौला पिडित बिरामीहरुका लागि डाईलोसीस गर्न चन्द्रौटा देखि बुढवल,भैरहवाका जानका लागि यस आर्थिक मा शिवराज नगरपालिकाको नगर स्तरीय थप योजना वाट रु २ लाख विनियोजित भएको मृगौला पिडित समितिका अध्यक्ष विष्णु हमालले बताए ।
विहिवार एक कार्यक्रम बिच शिवराज नगरपालिका नगर प्रमुख अजय थापा र उप प्रमुख शिव कुमारी थारुले संयुक्त रुपमा यातायात संचालन कार्यक्रमको उदधाटन गरेका हुन् । कार्यक्रमा शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले शिवराज नगरपालिका सदैव नागरिकको हितमा काम गरने बताइन् । यातायात संचालन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख अजय थापाले शिवराज नगरपालिकाले नगर भित्र रहेका हरेक नागरिकको सुख-दुखमा साथ रहने बताए ।
कार्यक्रम मृगौला पिडित समितिका अध्यक्ष विष्णु हमालको अध्यक्षता र सचिव शिवम सुनारको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























