Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो


विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

काठमाडौं : आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले दिएको २ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले गरेको खराब सुरुवातका बावजुद पनि खेल जितेको छ।

नेपालले लिग-२ च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो। करण केसीले गरेको चौका प्रहारसँगै नेपाली टोलीले ४४ ओभर १ बलमै खेल जित्यो। यससँगै नेपालले घरेलु सिरिजका सबै खेल जितेको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेलेर नेपाललाई जितको संघारसम्म डोहोर्‍याए। उनले १ सय १ बल खेलेर अविजित ९५ रन बनाउने क्रममा ४ छक्का र ७ चौका प्रहार गरे। क्रिजको एउटा छेउबाट निरन्तर विकेट खसिरहँदा रोहित भने अर्को छेउमा नडगमगाइ स्कोर थपिरहे।

आठौं विकेटमा उनलाई साथ दिन आएका करण केसीले ३७ बलमा ३१ रन हिर्काए। त्यस क्रममा उनले एक छक्का र २ चौका प्रहार गरे।

ओपनरका रुपमा मैदानमा उत्रिएका नेपालका कुशल भूर्तेल र आशिफ शेख दुवै जना सस्तैमा पवेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो। कुशल भूर्तेल १ रनमा आउट भए भने आशिफ शेख १२ रन बनाएर पेभेलियन फर्किए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल पनि २१ रनमात्र बनाएर आउट भएपछि निकै दबाबमा आएको नेपाली टोलीले चौथो विकेटको रुपमा कुशल मल्ल र पाँचौँ विकेटका रुपमा सन्दिप जोरालाई गुमायो।

छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएका छन्। मल्ल १७ रन बनाएर आउट हुँदा जोरा १ रनमा पवेलियन फर्किए। सातौँ विकेटका रुपमा सोमपाल कामी २ रन बनाएर आउट भए।

स्कटल्याण्डले कसिलो बलिङ थालेपछि नेपाल ब्याटरले खुलेर खेल्न सकेनन्। घरेलु मैदानमा जारी सिरिजमा शतप्रतिशत जित निकाल्दै नेपाल इतिहास रच्ने दाउमा रहेको थियो। स्कटल्याण्ड नेपालविरुद्ध यो सिरिजमा पहिलो जित निकाल्न चाहन्छ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्ड ४६ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय १२ रनमा समेटिएपछि नेपालले मध्यम लक्ष्य पाएको थियो।

स्कटल्यान्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान गरे। म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकमुलनले ३१ रन जोडे।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। करण केसीले ३ विकेट हात पार्दा ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

आज तमु ल्होसार, सार्वजनिक बिदा

आज तमु ल्होसार, सार्वजनिक बिदा

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश : खेलकुदमन्त्री

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश : खेलकुदमन्त्री

विश्वकप फुटबलमा आज पनि चार खेल

विश्वकप फुटबलमा आज पनि चार खेल

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

आज गोवर्धनपूजा र गोरुपूजा

आज गोवर्धनपूजा र गोरुपूजा

यमपञ्चकको चौथो दिन आज गाई पूजा

यमपञ्चकको चौथो दिन आज गाई पूजा

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline