शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई अभिनन्दन
काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा आएका जगन्नाथपुरीस्थित गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई नागरिक अभिनन्दन गरिएको छ।
पूर्वीय दर्शन एवं वैदिक गणितका ज्ञाता शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आज कोषका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले आइतबार अभिनन्दन गरे। कार्यक्रममा शङ्कराचार्य निश्चलानन्द सरस्वतीले कोषले प्रकाशन गरेको लिङ्ग पुराणको नेपाली अनुवादको पनि लोकार्पण गरे।
कार्यक्रममा सम्बोन गर्दै शङ्कराचार्य सरस्वतीले वैदिक सनातन धर्मको रक्षाका लागि आफू नेपाल आएको बताए। मानिस भौतिकतामा मात्र रुमल्लिँदा दुःखी भएकाले आध्यात्मिक साधना एवं अभ्यास गरेर खुसी हुन सक्ने बाटोको पनि अवलम्बन गर्न उनले श्रद्धालुलाई सुझाव दिए।
उनी सोमबार बनारस जाने शङ्कराचार्य मठले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















