गुणस्तरीय शिक्षामा ध्यान दिनु आवश्यक : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहलाई सरकारले आवश्यक स्रोत साधनको उपलब्ध गराई शिक्षाको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको बताएकी छिन्।
शुक्रबार संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। शिक्षाको महत्व दर्शाउँदै उनले भनिन्,‘सरकारले स्थानीय तहलाई साधन उपलब्ध एवं विशेष गुणस्तरीय शिक्षामा ध्यान दिन आवश्यक छ।’
उनले शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने पनि बताइन्। ‘शिक्षकहरूलाई जवाफदेही गराउनुपर्छ,’उनले भनिन्,‘विश्वविद्यालयहरूलाई उत्कृष्ट बनाउनुपर्छ।’
उनले निजी र सामुदायिक विद्यालयले यहाँ नै रोजगारीकाे वातावरण सिर्जना गर्ने गरि सीप मूलक शिक्षा दिइनुपर्ने बताइन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















