चिलीमा आगलागी नियन्त्रण गर्न कठिन
एजेन्सी
दक्षिण अमेरिकी देश चिलीमा अत्यधिक गर्मीका बिच जंगलमा लागेको डढेलोले हजारौँ मानिस प्रभावित भएका छन्।
आगलागीबाट हालसम्म २४ जनाको मृत्यु भएको र १ हजारभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। गृहमन्त्री क्यारोलिना टोहाका अनुसार देशका ४० भन्दा बढी स्थानमा आगलागी भएको छ।
सयौँ घर जलेका छन् भने १४ हजार हेक्टरभन्दा बढी जंगल नष्ट भएको छ। प्रशान्त तटीय क्षेत्रको बायोबियो, नुबल र अरौकानियामा संकटकाल घोषणा गरिएको छ। पत्रकार सम्मेलनमा गृहमन्त्री टोहाले हावा चलिरहेकाले आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















