श्रीलंका भ्रमण सकी मन्त्री पौड्याल स्वदेश फिर्ता
काठमाडौं : परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको भ्रमण सकी आइतबार स्वदेश फर्किएकी छिन्। उनी श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी थिइन्।
स्वदेश फर्कने क्रममा मन्त्री पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै श्रीलंकाको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय ‘साइडलाइन’ भेटवार्ता भएको बताइन्।
उनले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्धनेसँग शिष्टाचार भेटवार्ता आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी दिइन्।
उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदानलगायत विषयमा सहकार्यको विषयमा कुराकानी गरेको बताइन्।
श्रीलंका भ्रमणका क्रममा मन्त्री पौड्यालले भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















