Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी


नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

काठमाडौं : नेपालीहरूले खाने नुनमा हुने आयोडिनको मात्रा घटाउने तयारी गरिएको छ।

पहिले आयोडिनको कमीले गलगाँडको समस्या धेरै देखिएकाले नुनमा आयोडिन मिसाउन थालिएको भए पनि पछिल्लो समय मात्रा धेरै भएकाले थाइराइडका बिरामी बढेको अनुमान बढेको अनुमान चिकित्सकले गरेका छन्। सरकारले नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी गरेको हो।

प्याकेटको नुनसँगै तयारी खाद्यवस्तुको बढी प्रयोग हुँदा नेपालीको शरीरमा आयोडिनको मात्रा चाहिने भन्दा बढी रहेको निष्कर्ष विज्ञले निकालेपछि नेपालीले खाने नुनमा आयोडिनको मात्रा घाटाउने तयारी गरिको हो।

स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले आयोडिनको मात्रा तोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा बसेको ‘स्टान्डराइजेसन’ कमिटिको बैठकले आयोडिनको मात्रा घटाउन सुझाव दिएको बताए ।

अहिले नुनका प्याकेटमा उत्पादन हुँदा कम्तीमा ५० पीपीएम, पसलसम्म आइपुग्दा कम्तीमा ३० प्रतिशत र भान्सामा पुग्दाकम्तीमा १५ पीपीएम हुनुपर्ने मापदण्ड रहेको छ।

सन् २०१६ को माइक्रो न्युट्रियन्ट सर्भेले ४० पीपीएम भन्दा बढी आयोडिन खानेको जनसंख्या ६७ प्रतिशत रहेको देखाएको थियो। इन्ड्रोक्राइनोलोजिष्टले आयोडिनको मात्रा बढी भएर हाइपर थाइराइराडिजम (आयोडिन शरीरमा बढी भएर हुने रोग) समस्या बढेको बताउँदै आएका थिए ।

पोषण शाखाका प्रमुख थापाका अनुसार खानेकुरामा नुन हालेर पकाउँदा खाना नछोपी पकाउदा ३० देखि ७० प्रतिशत आयोडिन नष्ट हुन्छ। तर नपकाई नुन छर्केर खाने खानामा आयोडिनको मात्रा बढी हुन्छ। यस्तै जंक फूडमा पनि नुनको मात्रा धेरै हुने समेत उनले बताए।

‘अहिले उत्पादन गरिएको कम्पनीमा नुन प्याक हुँदा ५० पीपीएम आयोडिनको राखिएको छ तर मानव स्वास्थ्यका लागि आयोडिनको मात्रा १५ देखि ४० पीपीएमसम्म भए पुग्छ’, पोषण शाखाका प्रमुख थापाले भने, ‘प्याकेटको नुनमा आयोडिन मात्रा हराउने सम्भावना पनि कम हुन्छ। अर्को कुरा हाम्रो भान्छामा खानेकुरा पनि छोपेर पकाउने हुँदा आयोडिन उडेर जान पाउँदैन।’ ‘जंक फुड’ पनि धेरै खाने बानीले गर्दा शरीरमा आयोडिनको मात्रा धेरै हुने भएकाले नुनको प्याकेटमा मात्रा घटाउने तयारी भएको उनले बताए।

यता नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको सन् २०१९ कोअनुसन्धानअनुसार नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने गरेको देखाएको थियो तर डब्लूएचओले दैनिक ५ ग्रामभन्दा थोरै नुन खान सुझाव दिएको छ। नेपालमा औसतमा पुरुषले दैनिक ९.६ ग्राम र महिलाले ८.७ ग्राम नुन खाने गरेको उक्त अनुसन्धानले देखाएको थियो।

परिषद्‌का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल नेपालीले आवश्यकताभन्दा धेरै नुन खाने गरेको पाइए पनि आयोडिनको मात्राबारे हालसम्म अनुसन्धान नभएको बताउँछन्। ‘ हालीले सान २०१९ मा गरेको अनुसन्धानले नेपालीले नुनको मात्रा धेरै खाने गरेको पाइए पनि आयोडिनबारे भने हालसम्म अनुसन्धान गरिएको छैन’, उनले भने।

विश्व स्वास्थ्य संगठनको ‘न्युट्रिसन युनिट’को मापदण्डअनुसार मानिसलाई कम्तीमा २५ देखि ५० पीपीएम आयोडिन अनिवार्य चाहिन्छ। मानिसमा आयोडिनको मात्रा कम छ वा बढी भन्ने थाहा पाउन पिसाब परीक्षण गर्नुपर्छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline