कपिलवस्तु ।शिक्षा र स्वास्थ्यको बिषयलाई केन्द्रित गरी कपिलबस्तुमा एकीकृत बिकास परियोजना संचालन हुने भएको छ । शेचेन करुणा नामक एक गैर सरकारी संस्थाले संचालन गर्ने सो परियोजना जिल्लाको बिजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकालाई लच्छित गरी लागु भएको हो ।मंगलवार तौलिहवामा परियोजनाको परिचयात्मक कार्य सो कुरा जनकारी गराइएको छ ।

संस्थाले आफ्नो केन्द्रिय कार्यालय फ्रान्समा राखेर भारत तथा नेपालको बिभिन्न जिल्लाहरुमा काम गर्दै आईरहेको कुरा कार्यक्रम संयोजक हुमलाल अधिकारीले बताउनु भएको छ । संस्थाले यशोधार गाउँपालिकाको वडा नं. ८ को शिहोखोर , मधुनगरा , खोरिया ,बाँसखोर र मटेरियामा र त्यसै गरी बिजयनगरको वडा नं.१ मा काम गर्ने भएको छ । परियोजनाले पोषण , कृषि , पशु, वातावरण ,शिक्षा, जिविको पार्जन , क्षमता अभिबृद्धिमा केन्द्रित रहने शेचेन करुणाका कार्यकारी निर्देशक शलभ राना बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक बाबुराम अचार्यले कपिलवस्तु अझै पनि शिक्षा र स्वास्थ्य को क्षेत्रमा पछि परेको जिल्ला रहेको बताउँदै कार्यक्रम लागु भएको २ वटा पालिका बाहेक कृष्णनगर नगर पालिकाको पनि अवस्था कमजोर रहेको बताउादै संस्थाले अगामी दिनमा त्यता तिर पनि कार्यक्रम बिस्तार गर्ने आयोजकको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रम शेचेन करुणाका कार्यकारी निर्देशक शलभ रानाको अध्यक्षता र जिल्ला समन्वय समितीको संयोजक बाबुराम अचार्यको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रमको बिशिष्ठ अतिथीहरुमा यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारी ,उपाध्यक्ष गुन्जा देबी मौर्या , बिजयनगर गाउँ पालिकाका अध्यक्ष गोपाल थापा र यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंह लगायत रहनु भएको थियो । यशोधरा गाउँपालिका र बिजयनगर गाउँपालिका शिक्षा शाखा , स्वास्थ्य र सामाजिक बिकास शाखाका प्रमुखहरु , जिल्ला स्थित गैर सरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम भएको थियो ।