विजयनगर – गोरु काट्दै गरेको अवस्थामा तिनजना पक्राउ परेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका–४  सुरई खोला नजिकै गोरु काट्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने रमेश नेपाली, आश बहादुर रोका , देव बहादुर घर्ती मगर सहित ३ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुर बाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कुसहित फेला पारी पक्राउ गरेको हो ।

विशेष सुराकिको आधारमा उनीहरुलाई गोरु गरू काट्दै राखेको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय प्रमुख विजयराज तिमिल्सिना ले जानकारी दिनुभयो । उनीहरूलाइ थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयका पठाइएकाे उनकाे भनाइ छ ।