विजयनगर: कपिलवस्तुको विजयनगरमा साप्ताहिक हाट बजार उद्घाटन भएको छ ।

आज एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले साप्ताहिक हाट बजार उद्घाटन गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिक अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय कृषिजन्य उत्पादनले बजार पाउने बताउनु भएको छ । बाटोघाटाेको विकास संगै हाट बजारको पनि अति आवश्यक रहेकोे थापाले बताउनु भयो । बजार ब्यवस्थापनको लागि शौचालय,टहरा लगाएत ब्यवस्थापनको लागि पालिका बाट सहयोग गर्ने  उद्घोष गर्नु भयो ।

गाउँपालिक उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले आफ्नै गाउँघरमा हाट बजार सुरुवात भएकोले केही हदसम्म युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने बताउनु भयो ।

वडा अध्यक्ष नेपाल चौधरीले हाट बजारमा समान किन्न जादा समयको बचत, चन्द्रौटा,कृष्णनगर बजार सम्म जादा लाग्ने भाडाको समेत बचत हुनुको साथै सफा ताजा तरकारी पाइने जिकिर गर्नु भयो । चौधरीले यो बजारले लोहरौला गाउँको पहिचान दिलाउन महत्त्वपूर्ण भुमिका खेल्ने दाबी गर्नु भयो ।

हाट बजार गाउँपालिकाको वडा न.२ लोहरौला खानेपानी टंकीको प्राणङ्गामा हप्ताको हरेक सोमबार लाग्ने हाट बजार ब्यवस्थापन समिति अध्यक्ष शिवपुजन थारुले बताउनु भयो।