कृष्ण पौडेल विजयनगर ।।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नंं ६ मा रहेको हरीबोध आधारभुत विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ। आज वैदिक विधिपूर्वक पूजाआजा गरी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास गर्नु भएको हो ।
विद्यालयको भवन शिलान्यास गर्दै पालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माण गाउँपालिकाका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताउनुभएको थियो । उहाँले भौतिक पर्वाधारमा कुनै पनि कमि कमजोरी नहुने गरी समयमा नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । विजयनगरलाई नमुना गाउँपालिका बनाउने गरी गाउँपालिकाले काम गरिरहेको उहाँको भनाई छ ।
४ वटा कोठा निर्माण हुन लागेको भवन झन्डै ५२ लाख रुपैयाँमा सुर्य उदय निर्माण सेवाले चैत १५ सम्म सम्पन्न गर्ने गरी ठेक्का पाएको इन्जिनियर नबिन डुम्रेले जानकारी दिनु भयो।
उक्त भवन तराई मधेस समृद्धि तथा जिल्ला समन्वय एकाइ बाट छनौट भइ विद्यालयको भवन बन्न लागेको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षय अग्नि प्रसाद सापकोटाले जानकारी दिनु भयो ।