अस्पताल पुगेर गृहमन्त्रीले भेटे आत्मदाह गरेका आचार्यको परिवार
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गरेका छन्।
बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएका आचार्यको परिवारलाई लामिछानेले अस्पतालमा पुगेर भेट गरेका हुन्। साथै उनले मृत्यु भएका आचार्यको सम्मान पनि गरेका थिए।
आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा आफैँ आगो लगाएका थिए। आगोबाट घाइते बनेका आचार्यको उपचारका क्रममा कीर्तिपुरको बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















